अब अनलाइन बुकिङबाट पनि पानीजहाज चढ्न सकिने

काठमाण्डौ – नारायणी नदीमा सञ्चालन गर्न लागिएको सानो पानीजहाजमा यात्रा गर्न अनलाइन बुकिङ गर्न मिल्ने भएकाे छ ।
सानो पानीजहाज अर्थात् ‘क्रुजसीप’ मा बिहानी खाना, दिवा खाना र रात्रिकालीन खानासहित यात्राका लागि बुकिङ खुला गर्न लागिएको क्रुजसीप निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।
जहाजको भुइँ तलामा ९०, बीचमा ११० र छतमा २० जना बस्न मिल्ने र दोस्रो तलाको बाहिर बसेर समेत यात्रा गर्न सकिने उहाँले बताउनुभयो । यात्राका क्रममा काभ्रेघाटबाट सुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् ।
नेपालमा व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ ।
प्रकाशित मिति: २६ माघ २०७६, आइतवार २१:३० बजे