३० माघ २०८१, बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा रहेको एक कफी शपमा लागेको आगो नियन्त्रणमा लिइएको विमानस्थलले जनाएको छ ।

राति साढे आठ बजेको समयमा विमानस्थलको कफी शपमा लागेको आगो चार वटा दमकलको सहयोगमा झण्डै एक घण्टापछि नियन्त्रणमा लिइएको विमानस्थलले जानकारी दिएको छ ।

आगलागी लगत्तै प्रभावित भएको उडान फेरि सामान्य अवस्थामा फर्किएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २७ माघ २०७६, सोमवार २२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु