२० असोज २०८१, आइतवार

आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ ।
केहीबेर अघि बसेको मन्त्रिपरिषदको बैठकले एक नम्वर प्रदेशमा कार्यरत प्रहरी नायव महानिरीक्षक ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बर्तमान आईजीपी सर्बेन्द्र खनालले ३० बर्षे सेवा अवधीका कारण अनिर्वाय अवकास पाएपछि ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।
आईजीपी खनाल सहित ३ एआईजी र १८ डिआईजीले अनिर्वाय अवकास पाएका छन ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु