प्रधानमन्त्री ओली भोलि धुलिखेल आउने
![image image](http://www.nepalaynews.com/wp-content/uploads/2019/12/824998215oli.gif)
धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) धुलिखेल आउने भएको हो । धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवसमा सहभागी हुन प्रधानमन्त्री ओली धुलिखेल आउने भएको हो ।
धुलिखेल नगर प्रमुख अशोक कुमार व्याञ्जुका अनुसार प्रधानमन्त्री ओलीले काभ्रेभन्ज्याङमा निर्मित जननेता स्व.मदन भण्डारीको शालिक अनावरण तथा पार्क उद्घाटन गर्नुहुने छ ।
सोमबार बिहान ९ बजे सरस्वती पार्कबाट र्यालि निकाल्ने, विहान ११ः३० बजे शालिक अनावरण र स्थापना दिवस मुलसमारोह कार्यक्रम दिनको १२ः३० बजे धुलिखेल नगरपालिकाको प्राङ्गणमा हुने नगर प्रमुख व्याञ्जुले जानकारी दिनुभयो ।
प्रकाशित मिति: ४ फागुन २०७६, आइतवार १६:५५ बजे