अब वालवालिकालाई सत प्रतिशत विद्यालय पुर्ययाउनेछौं :प्रधानमन्त्री केपी ओली
धुलिखेल नगरपालिका बालमैत्री नगर घाेषणा तर्फ उन्मुख
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सत प्रतिशत वालवालिका विद्यालय पुर्ययाउनेछौं बताउनु भयो । धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवस तथा धुलिखेल नगरको ५ वटा वडाहरुलाई बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो । उक्त कार्यक्रममा धुलिखेल नगरका ५ वटा वडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालमैत्री वडा घोषणा गर्नु भएको छ ।
उक्त कार्यक्रमा बोल्दै आज नेपाल परिर्वतनको गतिमा तीव्र रुपमा अगाडि बढेको छ । त्यसैले कतिपय मानिसहरू आत्तिएका छन् । प्रधानमन्त्री ओलीले बताउनु भयो । उहाँले अब टेलिफोन र विजुलीको तार पोल पोलबाट हट्ने पनि बताउनु भयो । ‘अब तपाईहरूले पोल पोलमा झुण्डिएको तार देख्न पाउनु हुन्न, तारलाई जमिनमुनीबाट लैजाने कामको शिलान्यास गरेको छु । त्यस्तै सरकारको कुरा गर्दै देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कोतिर अरु सबैजसो हुने स्थिती बनेको बताउनु भयो ।
काभ्रे प्रतिभा जन्माउने ठाउँ भएको बताउदै ओलीले मन्त्री बाँसकोटा र मेयर व्याञ्जुको प्रशंसा निक्कै प्रसंशा गर्नु भयो ।
‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ ।’ उहाँले भन्नु भयो, धुलिखेल नगर प्रमुख व्याञ्जुलाई नेपालको सबै नगरपालिकाले आफ्नो मेयर बताउनु भयो । सरकारको विरोध गर्नेहरु गोकुल बास्कोटातिर हेर्ने विक्तिकै चुप लाग्ने अवस्था रहेको बताउनु भयो । यस्तै धुलिखेलमा रहेको काठमाण्डौं विश्वविद्यालय देशभरीमै अगाडी रहेकोे बताउँदै काभ्रे जिल्ला सबै कुरा भएको जिल्ला रहेको बताउनु भयो ।
शक्तिशाली देवीदेवता, तीर्थस्थाल, रमणीय स्थल सबै कुरा काभ्रेमा रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । काभ्रे भन्ने विक्तिकै नमोवुद्ध लगायत डाँडा डाँडामा रहेका मन्दिर, मुर्र्तीहरुलाई सम्झन सकिने बताउनु भयो । प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, कर्मचारी लगायत सम्पुर्णलाई जिल्लाको विकास र आधुनिकिकरणमा भुमिका खेल्न आग्रह गर्नु भयो । धुलिखेलमा परिवर्तन भएको पाएको र अझै ठुला परिवर्तनको संकल्प पाएको बताउनु भयो । देशका लागि जीवन अर्पण गर्ने, देशका लागि सदैव सोच्ने र देशलाई नयाँ बाटो दिन सक्ने जननेताको उच्च सम्मान गरेकोमा नगरपालिकालाई धन्यवाद दिनु भयो । धुलिखेल नगरपालिकाले देशभरीका नगरको नेतृत्व गरेको पनि प्रधानमन्त्री ओलीले बताउनु भयो ।
यस्तै सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले धुलिखेल नगरपालिकाले विकास, समृद्धि, सामाजिक न्यायको र पर्यटनको बेग्लै परिचय बनाएकोे बताउँदै उक्त परिचय जिवन्त रहोस् भन्ने शुभकामना तथा नगवासीलाई बधाई दिनु भयो ।
यस्तै खानेपानी मन्त्री बिना मगरले धुलिखेल नगरपालिकाले जनताका माझमा राखेका प्रतिवद्धता पुरा गर्ने क्रममा योजनावद्ध ढंगले विकासका काम अगाडी बढाएकोमा प्रशंसा गरेकी थिइन ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले निर्वाचनको बेलामा गरिएको प्रतिवद्धता अनुरुप काम गरिरहेको बताउनु भयो । २० वर्षभित्र धुलिखेललाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने र ५ वर्षभित्र नागरिकहरुलाई आवश्यक आवश्यकता परिपुर्ति गरी गरिवीमुक्त बनाउने लक्ष्य लिएको जानकारी दिनु भयो । २ वर्ष अघि नगरपालिका खुल्ला दिशामुक्त नगर भइसकेको, अघिललो वर्ष साक्षर नगर घोषणा भएको र सन् २०२० भित्र बालमैत्री नगर बनाउने र यसै अनुरुप धुलिखेल नगरका ६ वटा वडाहरु बालमैत्री घाषणा भएको पनि नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल पनौती र बनेपाका जनतालाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु भएको एकिकृत खानेपानी आयोजनाको ९७ प्रतिशत काम सकिएको जानकारी दिँदै उनले बाँकी काम पनि सबै जनप्रतिनिधिको पहलमा छिट्टै सक्ने दावी गरेका छन् । उनले नगरमा उच्च शिक्षा निशुल्क गर्ने, घरघरमा खानेपानी पुर्याउने लगायतका काम तीव्र गतिमा भइरहेको पनि बताएका छन ।
कार्यक्रममा नगर उप–प्रमुख विमला शर्माले स्वागत मनतव्य राखेकी थिइन् भने प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइटेलले कार्यक्रम सञ्चालन गरेका थिए । स्थापना दिवसकै अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति: ५ फागुन २०७६, सोमवार २०:३२ बजे