अर्थमन्त्रीमा युवराज खतिवडा पुनः नियुक्त
काठमाडौं । डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन्
खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ ।
राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेकी थिइन् ।
प्रकाशित मिति: २१ फागुन २०७६, बुधवार १०:३७ बजे