३ फागुन २०८१, शनिवार

१८ औं संस्करणको आहा ! रारा गोल्डकप : पुलिस सेमिफाइनमा

पोखरा । पोखरा रंगशालामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको तेस्रो दिनको खेलमा विभागीय टोली नेपाल पुलिस क्लव सेमिफाइनलमा चरणमा प्रवेश गरेको छ ।

तेस्रो दिनको खेलमा आयोजक सहारा क्लब भने क्वाटरफाइनलबाट बाहिरिएको छ ।
टाइब्रेकर ४–२ ले पराजित गर्दै पुलिस क्वाटरफाइनलमा पुगेको हो । खेलको निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल नहुँदा टाइब्रेकरमा पुलिसले सहारामाथि जित निकाल्योे ।
टाइब्रेकरमा पुलिसका लागि भारत साह, सौजन याक्खा राई, हेम तामाङ र सुमन सुवेदीले गोल गरे । पुलिसका अनुप लिम्बूको प्रहारलाई सहाराका गोलरक्षक अर्पण कार्कीले बचाए ।

सहाराका लागि पहिलो प्रहार नै सफल भएन । उलरीच सिवेको प्रहार पुलिसका रोशन खड्काले विफल पारे । सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले गोल गर्दा त्रिदेव गुरुङको प्रहार भने बाहिरियो ।

खेलको ७५ औं मिनेटमा पुलिसले भारत साहको गोलमा अग्रता लिएको थियो । तर, सहाराले इन्ज्युरी समयको चौथों मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयका लागि धकेलेको थियो ।

सहाराका लागि वैकल्पिक अजय श्रेष्ठले गोल गरेका थिए । थपिएको ३० मिनेटमा दुबै टोलीबाट गोल हुन सकेन । यद्यपी अतिरिक्त समयको अन्तिम समयमा भोला सिलवालले रातो कार्ड पाएपछि पुलिस १० खेलाडीमा चित्त बुझाउँनुप¥यो ।

ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई हराउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो । पुलिसले भने बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो
प्रतियोगिताको सेमिफाइनलमा अब पुलिसले रुस्लान थ्री स्टार र भारतीय टोली गान्तोक फुटबल क्लबको विजेतासँग खेल्नेछ । आइतबारको खेलमा दोस्रो क्वाटरफाइनलका लागि नेपाल आयल निगम मनाङ मस्र्याङ्दी र झापा–११ फुटबल क्लब भिड्ने छन् ।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिवार २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु