निवर्तमान सञ्चारमन्त्री बास्कोटाको घर नजिकै बम विष्फोट
काठमाडौं । भक्तपुरस्थित निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घर नजिकै बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खुला स्थानमा बिहीबार बिहान विष्फोट भएको हो । बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन । घटनास्थलमा प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ ।
प्रकाशित मिति: २८ फागुन २०७६, बुधवार ०८:३५ बजे