९ जेठ २०८२, बुधवार

बम बिस्फोटको नेकपाद्धारा निन्दा,प्रचण्डले निकाले विज्ञप्ती

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाको लोकन्थलीस्थित घरमा आज गराइएको बम बिस्फोटको घटनाको भत्र्सना गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ति जारी गरी घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

काभ्रेबाट निर्वाचित सांसद बास्कोटाको घरमा आज विहान ७ बजेर ५० मिनेटमा प्रेसर कुकर बम विस्फोट गराइएको थियो । विस्फोटबाट घरका झ्यालका सिसाहरु फुट्नुका साथै पर्खाल भत्किएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

प्रकाशित मिति: २८ फागुन २०७६, बुधवार ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु