टिपरको ठक्करबाट दुई जनाको मृत्य भएपछि पनौती तनावग्रस्त

पनौती । टिपरको ठक्करबाट दुई जनाको मृत्य भएपछि पनौती तनावग्रस्त बनेको छ ।
आक्रोशित भीड र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा गोली चल्दा प्रहरी हवल्दार घाइते भएका छन् भने
प्रदर्शनकारीतर्फ चार जना घाइते छन् । घाइते हुनेको नाम खुलिसकेको छैन ।
काभ्रे प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले गोलीबाट प्रहरी घाइते बनेको बताए । यद्यपि, रात परिसकेकाले गोली कहाँबाट कसरी चल्यो भन्ने पुष्टि भइनसकेको उनले बताए ।
अहिले पनि घटनास्थलमै रहेको बताउँदै उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । प्रहरीले भने अश्रुग्यास मात्र प्रहार गरेको उनको भनाइ छ । प्रत्यक्ष दर्शिले भने प्रदर्शनकारी नियन्त्रणमा लिन प्रहरीले नै १५ राउण्ड हवाइ फायर गरेको बताए ।
यसअघि सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका छन् ।
उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाले बताए ।
प्रकाशित मिति: ३ चैत २०७६, सोमवार २३:३४ बजे