६ फागुन २०८१, मंगलवार

काभ्रे उपत्यका एकीकृत खानेपानीलाई नेपाल सरकारको ३१ करोड

काभ्रे । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न ३१ करोड बजेट ब्यबस्थापन गर्ने प्रतिबद्धता धुलिखेल,बनेपा र पनौति ,नगरपालिकाका प्रमुखहरु र आयोजना प्रमुखको सामु अर्थमन्त्री डा . युवराज खतिवडाले अर्थ मन्त्रालयमा छलफल भै सहमती जनाउनु भयो ।

काभ्रे जिल्लाको धुलिखेल ,बनेपा ,पनौती नगरपालिका क्षेत्रका करिव एक लाख जनताहरुलाई शुद्ध र गुणस्तरीय खानेपानी उपलव्ध गराउने उद्देश्यले नेपाल सरकार ,एशियाली विकास बैंक र धुलिखेल ,बनेपा, पनौती नगरपालिकाहरुको संयुक्त लागत सहभागितामा राष्ट्रिय प्राथमिकता प्राप्त काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना जुन १२ ,२०१३ देखि संचालनमा आयको थियो । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा खानेपानीका इन्टेकहरु ,रिजभ्रवायर टैंकहरु, मुख्य प्रशारण पाइप लाइन र वितरण पाइप लाइन विछ्याउने कार्यहरु लगायत ९७ प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । अब बाँकी काम सम्पन्न गर्न लाग्ने रु ३१ करोड बजेट नेपाल सरकारले दिने गरि अर्थ मन्त्रीले सहमति जनाउनु भयो । नेपाल सरकारले अबको आवश्यक बजेट उपलब्ध गराउने सहमति भएको कुरा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुले बताउनु भयो ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलवार ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु