२० असोज २०८१, आइतवार

पनौतिमा बिहान ९ बजे देखि लगाईएको कर्फ्ययु राती ८ बजे बाट खुल्ने

पनौती । काभ्रेको पनौतीमा आज बिहान ९ बजेदेखि अनिश्चितकालको लागि लगाइएको कर्फ्ययु अहिले राती ८ बजे बाट खुलाउने जिल्ला प्रसासन कार्यालयको सुरक्षा समितिले निर्णय गरेको छ ।

सोमबार पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमा छोरीको ज्यान गएको विरोधमा हिजो राति प्रहरी र स्थानीयबिच झडप भएकाे थियाे । झडपमा प्रहरी र केही स्थानीय घाइते भएका थिए । स्थिति सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि अनिश्चितकालकाे लागि कर्फ्यु लगाएकाे थियोे ।

बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलवार १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु