८ माघ २०८१, मंगलवार

कोभिड-१९ संक्रमित किशोरीसँगै आएका काभ्रेका २ युवा सम्पर्कमा

काभ्रे । नोबेल कोराना भाइरस (कोभिड–१९)को पुष्टि भएकी किशोरीसँगै विमानमा फर्केका काभ्रेका दुई युवा सम्पर्कमा आएका छन्। यसमध्ये बनेपा नगरपालिका–२ नालाका एक युवा रहेको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले जानकारी दिएका छन्।

त्यसैगरी सोही विमानमार्फत नेपाल आएका धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका अर्का युवा पनि धुलिखेल अस्पतालको सम्पर्कमा आएको धुलिखेल नगरपालिकाका प्रेस संयोजक मोतिराम तिमल्सिनाले जानकारी दिए।

बनेपाका युवा फ्रान्सबाटै संक्रमित किशोरीसँग आएको र धुलिखेलका युवा इटालीबाट कतार आएर सो विमानमा चढेको जानकारी प्राप्त भएको छ।

उनीहरुलाई धुलिखेल अस्पतालमा चेक गरी घरमै सेल्फ क्वरेन्टाइन मा बसी वडाअध्यक्षको निगरानीमा राखिने गरी निर्णय भएको प्रेस संयोजक तिमल्सिनाले जानकारी दिएका छन्।

फ्रान्सबाट कतारको दोहा हुँदै यही चैत्र ४ गते नेपाल आएकी एक १९ वर्षीय किशोरीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो। अहिले उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। अन्य दुई ब्यक्ती बाग्लुङ अस्पतालमा भर्ना भएको बुझिएको छ ।अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति: ११ चैत २०७६, मंगलवार १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु