२५ असोज २०८१, शुक्रवार

लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ५० सवारी साधन नियन्त्रणमा

काभ्रे । कोरोना भाईरस (कोभिड १९) लाई नियन्त्रण गर्न चैत्र ११ गते देखि आब्हान गरेको लकडाउन अटेर गर्ने विभिन्न ब्यक्ति तथा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ । सरकारले अत्यावश्यक बाहेक अन्य सवारी साधन तथा ब्यक्तिहरुलाई घर भित्रै बस्न आब्हान गर्दै हिडडुल गरी अटेर गरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।

राजमार्ग तथा अन्य भित्री सडकहरुमा लकडाउन उल्लंघन गर्ने ब्यक्ति तथा सवारी साधन बढ्दै गए पछि प्रहरीले लकडाउनको दोश्रो दिन चैत्र १२ गते बुधबार विहान ९ बजेसम्ममा जिल्लाका विभिन्न स्थानबाट ५० वटा मोटरसाईकल, एउटा बस र एक जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले जिल्लामा लकडाउन उल्लंघन गर्ने ब्यक्ति तथा सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको बताउनु भयो ।

कारवाही शुरु गरे लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहतका कार्यालयहरुबाट लकडाउनको अटेर गर्ने मोटरसाईकल, बस तथा ब्यक्तिहरुलाई सामान्य सोधपुक्ष गरी लकडाउन कार्यान्वयन र अटेर गरे हुने कानुनी कारवाहीका बारेमा जानकारी गराईएको छ । राजधानी तथा अन्य क्षेत्रबाट विभिन्न स्थानमा जाने ब्यक्तिहरु पहिलो दिन भन्दा दोश्रो दिन बढ्दै गएका थिए । पहिलो दिन विपी राजमार्गबाट मात्रै ३ सय सवारी साधन सिन्धुली पुगेका थिए ।

प्रहरीले दोश्रो दिन कडाई गरेको एसपी पौड्यालले जानकारी दिनु भयो लकडाउन भनेको घर भित्रै बस्नका लागि भएकाले सडकमा रमिता हेर्न निस्एिका ब्यक्तिहरुलाई पक्राउ गर्न शुरु गरिएको हो ।

अत्यावश्यक क्षेत्रका सवारी साधन तथा पसलहरु निर्वाध संचालन भईरहेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले त्यस्ता सवारी साधनलाई पास उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार लकडाउन कार्यान्वयन र सरकारको निर्णय पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको बताउनु भयो ।

प्रकाशित मिति: १२ चैत २०७६, बुधवार ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु