५ माघ २०८१, शनिवार

ज्यालादारी र विपन्नलाई राहत प्याकेज घोषणाको तयारी गर्दै सरकार

काठमाडौं । सरकारले दैनिक ज्यालादारी काम गरेर गुजरा चलाउने तथा गरीव विपन्नहरुलाई तत्काल दैनिकी चलाउन राहत प्याकेज घोषणा गर्ने भएको छ । आइतबार मन्त्रिपरिषद बैठक बसेर न्युनतम राहत प्याकेज घोषणा गर्न लागिएको स्रोतले जनाएको छ ।

त्यस्ता व्यक्तिहरुको विवरण स्थानीय तहबाट संकलन गरिनेछ । त्यस्तै पूर्वांधार निर्माणका क्षेत्रमा कार्यरत मजदूरहरुको विवरणसमेत सम्बन्धित ठाउँबाट संकलन गरी उनीहरुलाई तत्काल अत्यावश्यक खाद्य सामग्रीका लागि राहत दिइनेछ ।

वडास्तरबाट त्यस्ता अति आवश्यकहरुको विवरण संकलन गरि खाद्यान्नलगायतको व्यवस्थापन गर्न सोही तहलाई जिम्मा दिने तयारी छ ।

कोभिड १९ विरुद्ध रोकथाम तथा नियन्त्रण उपसमितिका संयोजक समेत रहेका उपप्रधानमत्री ईश्वर पोखरेल र अर्थमन्त्री डा.युवराज खतिवडाले शनिबार यसै विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् ।

राष्ट्रपति भण्डारीले दुवै मन्त्रीसँग यसबीचमा सरकारले गरेका काम र अबका योजनाबारे जिज्ञासा राखेको बताइएको छ । मन्त्रिपरिषद बैठकबाट गर्नुपर्ने निर्णयका सन्दर्भमा प्रधानमन्त्रीसँग पनि छलफल भएको पोखरेल निकट स्रोतले जनाएको छ ।

यसअघि पोखरेलले भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङसँग सरकारले तत्काल राहत दिनुपर्ने पुर्वाधार क्षेत्रमा कार्यरत ज्यालादारी श्रमिक र गरीव विपन्न असहायहरुको विवरण संकलन सम्बन्धमा छलफल गरेका थिए ।

प्रकाशित मिति: १५ चैत २०७६, शनिवार २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु