२१ असोज २०८१, सोमवार

कोरोना भाइरसको कीटाणुको इन्फेक्शन हुन नदिन धुलिखेलमा ‘डीसइन्फेक्सन स्प्रे’

धुलिखेल । धुलिखेल नगरपालिकाले कोरोना भाइरसको इन्फेक्शन हुन नदिन नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा हिजो वडाहरु ३,४,५,६,७ मा डीसइन्फेक्सन स्प्रे’ शुरु गरेको छ भने आज ८,९,१०,११,१२ मा गरिने जानकारी प्राप्त भएको छ । कोरोना भाईरस (COVID-19) को सम्भावित जोखिम न्यूनीकरणको लागि धुलिखेल नगरपालिकाद्वारा नगर क्षेत्रभित्र डीसइन्फेक्सन छर्किने कार्य प्रारम्भ भएको हो ।

गरिब र ज्यालादारीमा काम गर्ने परिवारको प्रत्येक वडामा तथ्यांक संकलन गरि राहत उपलब्ध गराउने र नगरमा खाद्यान्न अभाव हुन नदिन र कुनै समस्या भएमा फोन गर्न हटलाइनको व्यवस्था गरिएको नगर प्रमुख अशोक व्यान्जुले बताउनु भयो ।उक्त कुराहरु नगरपालिकाको वेबसाइटमा राखिनुका साथै सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसका कारण अत्यावश्यक खाद्यान्नका लागि नगरवासीले चिन्ता लिनुनपर्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: १७ चैत २०७६, सोमवार १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु