कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ
सांकेतिक तस्बिर
जनकपुरधाम । लक डाउनको मौका छोपी उपभोक्तालाई आफूखुसी मूल्यमा माछा र तरकारी बिक्री गरेर कालो बजारी गरेको आरोपमा धनुषा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला मधुवन्नीका संजिव सहनी र जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ कपिलेश्वरका सरोज कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: २० चैत २०७६, बिहीवार २२:१५ बजे











