६ फागुन २०८१, मंगलवार

बिदेशबाट नेपाल आएकाहरुको विवरण पेश गर्न नगरपालिका संघको अनुरोध

काठमाडौं । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाईरसको महामारीबाट नेपाल पनि उच्च जोखीममा रहेकाले त्यसको संक्रमण फैलिन नदिन नगरपालिका संघले विहीबार एक सुचना जारी गरी विस्तृत विवरण माग गरेको छ ।
नेपाल नगरपालिका संघले पछिल्लो २१ दिन यता बिदेशबाट नेपाल आएका नागरिकहरुको विवरण उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गरेको छ ।

रोगको संक्रमणबाट जोगीन धुलिखेल अस्पतालद्वारा गएको २१ दिन भित्रमा अन्यत्र मुलुकबाट नेपाल आएका नागरिकहरुको विवरण उपलब्ध गराउन नगरपालिका संघलाई अनुरोध भए बमोजिम विवरण माग गरिएको संघले जनाएको छ ।

नागरिकको नाम, उमेर, लिंग, वडा, नेपाल प्रवेश मिति, विदेशबाट नेपाल प्रवेश गर्दा र काठमाडौंबाट स्थानीय तहमा आउँदा प्रयोग गरेको यातायात साधन, सम्पर्क नम्बरसहितको विवरण पेश गर्न सुचनामा उल्लेख गरिएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमीतको संख्या ६ पुगेको छ । संक्रमित ६ जना अन्यत्र मुलुबाटै नेपाल आएकाले यो विवरण स्थानीय तहले जतिसक्दो छिटो उपलव्ध गराउनु जरुरी छ ।

धुलिखेलनगरपालिकाले आफ्नो नगरमा आएकाको विवरण सर्बजनिक गरेको छ ।
विभिन्न देशबाट बिगत २१ दिनभित्र नेपाल आउनेको संख्या यस प्रकार रहेको छ | (धुलिखेल नगरपालिकाको तथ्यांक वडा बाट प्राप्त बिवरण अनुसार)

प्रकाशित मिति: २१ चैत २०७६, शुक्रवार २२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु