२५ असोज २०८१, शुक्रवार

पैदलयात्रीलाई सडकमै खाना

धुलिखेल । कोरोना भाइरस (काेभिड १९ ) को कारण मुलुक लकडाउन(बन्दा बन्दी )को अवस्थामा रहेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस को माहामारीबाट विभिन्न देशहरुमा हजारौ मान्छेहरुले ज्यान गुमाउनुका साथै लाखौ मानिसहरु प्रभावित भैरहेको छ। अझै यो भाइरसको प्रभाव कम हुने लक्ष्य देखिदैन ।
यस्तो अवस्थामा लकडान (बन्दा बन्दी ) कहिलेसम्मा रहनेछ भन्ने कुराको निश्चित नभेटेपछि नेपालको पुर्वी जिल्लाहरुका मानिसहरु पैदलयात्रा गरेरै आफ्नो गन्तब्यमा दैनिक जानेको संख्या ४५०भन्दा बढी रहेको छ ।

लकडान (बन्दा बन्दी ) को १५ औ दिनसम्म सडकमा पैदलयात्रीहरुको कमी नभए पछि धुलिखेलको बि पि चोकमा त्यस ठाँउका स्थानीयले प्याकेटमा तयारी खाना र मिनरल वाटरको बोतल उपलब्ध गराएको छ । साथै उक्त चोक मा चपल जुत्ता पनि राखेको छ ।
उक्त कार्यले पैदलयात्री, मजदुर, सडक बालबालिका, विपन्न परिवारका सदस्यहरुलाई सहयोग पुगेको छ ।

प्रहरीले लगातार सडकमा हिड्ने ब्यक्तिहरुलाई पक्राउ गर्ने गरे पनि राजधानीबाट विभिन्न स्थानमा पुग्ने गरी यात्रुहरु हिडिरहेका छन् भने केहि यात्रुहरुले सडकमै रात विताउने गरेका छन् ।


प्रकाशित मिति: २६ चैत २०७६, बुधवार १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु