२ माघ २०८१, बुधवार

राष्ट्रपतिबाट बेलायतका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाउनु हुँदै त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

कोराना भाइरस (कोभिड—१९) को सङ्क्रमण भएपछि ५५ वर्षीय जोन्सन अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीले पठाउनुभएको सन्देशमा कोरोना भाइरसको महामारीविरुद्ध लड्न विश्व एक हुनुपर्छ भन्ने विचार पनि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल र बेलायतबीच युगौं पुरानो सम्बन्ध रहेको र हरेक अफ्ठ्यारा परिस्थितिमा समेत बेलायत सरकारबाट नेपाललाई सहयोग प्राप्त हुँदै आएको स्मरण गर्नुभएको जानकारी उहाँका मुख्य निजी सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।

प्रकाशित मिति: २६ चैत २०७६, बुधवार २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु