पुर्व मन्त्री बास्कोटाले उपलब्ध गराए काभ्रेका १३ वटा स्थानिय तहलाई पिपिई
काभ्रे । निवर्तमान सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं काभ्रेका प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले जिल्लाका १३ वटा स्थानीय तहमा सजिर्कल मास्क ४ हजार थान, सेनिटाईजर २ सय ५० एमएलको १ सय ९८ थान, पिपिई सेट १ सय ९५ थान उपलब्ध गराउनु भएको छ ।
यस अघि पनि पुर्व मन्त्री बास्कोटाले सर्जिकल मास्क ८ सय ५० थान र एक सय एम एलको ९ सय ३० थान सेनिटाईजर उपलबध गराउनु भएको थियो । उक्त सेनिटाजर र मास्क यस अघि ६ गाउँ पालिका र १ नगरपालिकामा अनेरास्ववियू र राष्ट्रिय युवा संघ काभ्रे मार्फत बितरण गरिएको थियो ।
धुलिखेल नगरपालिकामा ७५ थान पिपिई ,६०० थान मास्क तथा ७५ थान स्यानिटाईजर ,बनेपा नगरपालिकामा ३० थान पिपिई, ४०० थान मास्क तथा ३५ थान स्यानिटाईजर उपलब्ध गराउनु भएको छ । त्यस लगत्तै धुलिखेल नगर नगर प्रमुख अशोक ब्याञ्जुले ४१ थान पिपिई धुलिखेल सामुदायिक अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । साथै धुलिखेल नगरले बाकी पिपिइ, स्यानिटाइजर तथा सर्जिकल मास्क स्वास्थ्यकर्मीहरुलाई लागि हस्तान्तरण गर्नु भएको थियो ।
साथै बनेपा नगरपालिकाका नगर प्रमुखले शिरमेमोरियल अस्पताल तथा अपाङ्ग बाल अस्पताल, स्पाइनल इन्जुरी र रेयुकाइ आखाँ अस्पताललाई पिपिइ, स्यानिटाइजर तथा सर्जिकल मास्क हस्तान्तरण गर्नु भएको थियो ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं काभ्रेका प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्थानिय तह हरुको स्वास्थकर्मीका लागि उपलब्ध गराउनु भएको पि पि इ, स्यानिट्याइजर र मास्क बितरण अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा संघ काभ्रे द्वारा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पाँचखाल नगरपालिका, पनौती नगरपालिका , मण्डनदेउपुर नगरपालिका ,बेथानचोक गाउपालिका ,भुम्लु गाउँपालिका र चौरिदेउराली गाउँपालिकामा आज हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: २८ चैत २०७६, शुक्रवार २२:१८ बजे