धुलिखेल नगरमा २ हजार बर्ष देखि सन्चालन हुन्दै आएको बिस्केट जात्रा स्थगित
धुलिखेल । धुलिखेल नगरमा २ हजार बर्ष देखि सन्चालन हुन्दै आएको एतिहासिक र धार्मिक बिस्केट जात्रा यस बर्ष कोरोना भाइरस (कोभिड–१९) को कारणले क्षमा पुजा मात्र गरेर सम्पन्न गर्न/गराउन धुलिखेल नगरपालिका र धुलिखेल नगरपालिका वडा नम्बर ५,६ र ७ ले सूचना प्रकाशित गरि नगर बासिहरुमा अनुरोध गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को माहामारीबाट विभिन्न देशहरुमा एक लाख मान्छेहरुले ज्यान गुमाउनुका साथै लाखौ मानिसहरु प्रभावित भएको र विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि उच्च जोखिममा रहेकोले उक्त समयमा संक्रमण फैलन नदिनका लागि मुलुक लकडाउन(बन्दा बन्दी )को अवस्थामा रहेकोले यस्तो समयमा धुलिखेल नगरमा पनि लकडाउन(बन्दा बन्दी ) रहेकोले बिगत देखि सन्चालन हुन्दै आएको एतिहासिक र धार्मिक बिस्केट जात्रा यश वर्ष स्थगित गरिने भयको छ ।
प्रकाशित मिति: २९ चैत २०७६, शनिवार १४:५३ बजे