राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपंक्तिमा रहेर काम गर्ने चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले तय गरेको कार्यक्रममा ऐक्यवद्धता जनाउनुु हुँदै भोलि नयाँ वर्षको दिन बिहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन ट्वीट मार्फत आह्वान गर्नुुभएको हो ।
प्रधानमन्त्री ओलीले ग्लोबल कम्प्याक्ट नेपालको अभियान आफूलाई राम्रो लागेको उल्लेख गर्नुहुँदै सहभागी हुन सबैमा आह्वान गर्नुभएको हो ।
प्रकाशित मिति: ३० चैत २०७६, आइतवार २०:२४ बजे