२९ माघ २०८१, मंगलवार

कैलालीमा थप एक महिलामा कोरोना संक्रमणको पुष्टि

धनगढी । कैलालीको लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।

१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्।

प्रकाशित मिति: १ वैशाख २०७७, सोमवार ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु