२० असोज २०८१, आइतवार

सनसिटी अपार्टमेन्टका एकै परिवारका तीनजनामा कोरोनाको आशंकामा अस्पताल भर्ना

काठमाडौं । काडामाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणका आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ ।
अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो ।

सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।
प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिई रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता भोगेन्द्र बोगटीले बताउनुभयो । सो परिवारका सदस्यको कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।

प्रकाशित मिति: १ वैशाख २०७७, सोमवार १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु