२० असोज २०८१, आइतवार

सनसिटी ब्लक एमा पहिलो चरणको रिपोर्ट नेगेटिभ

काठमाण्डौ । दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको काठमाण्डौको सनसिटी अपार्टमेण्टको ब्लक एमा आज गरिएको र्यापिड टेष्ट, आरडिटी नेगेटिभ पाईएको छ ।
संक्रमित व्यक्तिको अपार्टमेण्टमा काम गर्ने सहयोगीहरुमा समेत कोरोना संक्रमण नेगेटिभ पाईएको छ ।
पहिलो चरणको परीक्षण नेगेटिभ पाइएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएपछि अपार्टमेण्टमा बस्दै आएकाहरुले भारतमा जस्तै घण्टी र ताली बजाएर खुसी मनाएका छन् ।
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ आज विहान ९ बजेदेखि र्यापिड टेस्ट ९आरडीटी० शुरु गरिएको थियो ।

अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाको पहिले परीक्षण गरिएको थियो ।

अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरेको थियो। । स्वास्थ्य सेवा विभागको टोली बिहान ९ बजे अर्पाटमेन्ट पुगेको थियो ।

अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरुको परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधवार १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु