सेती प्रादेशिक अस्पतालमा भर्ना भएका युवक डिस्चार्ज
काठमाडौं । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुनभएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसको बारेमा जानकारी गरको हो ।
आज अस्पतालबाट डिस्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताउनुभयाे । उहाँले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबारे सजग बनाउने बताउनुभयाे । दुई सताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा कोरोना नरहेको देखिएको थियाे ।
उहाँ चैत ११ गते मुम्बइबाट कैलाली अाउनु भएकाे थियाे । त्यसपछि उहाँ सहित ४१ जनालाई लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा राखिएकाे थियाे । परीक्षणका क्रममा ४१ जना मध्ये उहाँमा काेराेना संक्रमण देखिएकाे थियाे ।
प्रकाशित मिति: ७ वैशाख २०७७, आइतवार १७:३० बजे