३० माघ २०८१, बुधवार

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझा जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

प्रकाशित मिति: ८ वैशाख २०७७, सोमवार १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु