३ फागुन २०८१, शनिवार

थप दुई जना कोरोना संक्रमित निको भएर फर्किए

काठमाडौं । थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुने भने अर्का कञ्चनपुरका पुरुष भारतबाट आएका हुन् ।

प्रकाशित मिति: १० वैशाख २०७७, बुधवार १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु