थप दुई जनामा काेराेना संक्रमण पुष्टि, जम्मा संक्रमित ४७ पुग्यो

काठामाडौं । नेपालमा विगत २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट नेपालका जम्मा संक्रमित संख्या ४७ पुगेको छ ।
थप संक्रमित पुष्टि भएकामा उदयपुरका एक ५५ वर्षीय पुरुष तथा अर्का संक्रमितमा जनकपुरका १४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा.विकास देवकोटाले बताउनु भयो ।
उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: ११ वैशाख २०७७, बिहीवार १६:४१ बजे