२० वैशाख २०८३, शनिवार

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५१

काठमाडौं । कोराना संक्रमण परीक्षणका क्रममा आज थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् ।

उनीहरु नारायणी अस्पतालको आइसोलेनसमा रहेको र अवस्था समान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।

हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ । यस्तै ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतवार १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु