लकडाउनको अवधि बैशाख २५ सम्म
काठमाडौं । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिनुभएकाे हाे ।
साथै बैठकले इपीएस अन्तगर्त काेरीया जाने कामदारलार्इ दुबै देशका सरकारबीचकाे समझदारीमा जान दिन निर्णय समेत गरेकाे उहाँले बताउनुभयाे । साथै हवाइ उडान तथा अवतरण भने बैशाखकाे अन्तमसम्म राेक्ने निर्णय भएकाे छ ।
चैत ११ गतेदेखि शुरु भएको लक डाउन यस अघि तीनपटक थपगरि सकेको छ । चैत ११ गतेदेखि १८ गतेसम्म निर्धारण गरिएको लक डाउन चैत १६ गते सरकारले पुनः दोश्रो पटकबढाएर २५ गतेसम्म पु¥याएको थियो ।
सरकारले लकडाउनको समयसीमा थप गरेको यो चौथो पटक हो । यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्मको लागि लकडाउन गरेकोमा त्यसपछि बढाएर चैत २५ गतेसम्म पुर्याइएको थियो ।
यसैगरी त्यसपछि पुनः वैशाख ३ गतेसम्म बढाएकोमा त्यसपछि पनि सरकारले वैशाख १६ गते अर्थात भोलिसम्मका लागि लकडाउन गरेको थियो । योसहित नेपालमा ४५ दिन लकडाउन हुने निश्चित भएको छ।
प्रकाशित मिति: १४ वैशाख २०७७, आइतवार २१:२२ बजे