थप ४ जना कोरोना संक्रमित निको भए

वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) का थप ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।
आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरूमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरूको चौथो र पाँचौं रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५औं दिनमा डिस्चार्ज भएका हुन् ।
तीन भारतीयमा ३० चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूलाई मुस्लिम आयोगले जिम्मा लिनेगरी डिस्चार्ज गरिएको अस्पतालले बताएको छ ।
आयोगले छपकैयास्थित एक घरमा राख्ने बताएको छ ।
यस्तै, १६ चैतमा भारतबाट नेपाल आएका रौतहटका युवकमा १ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी आइतबार नै घर फर्किएका छन् ।
प्रकाशित मिति: १४ वैशाख २०७७, आइतवार २१:३४ बजे