नेकपा सचिवालय बैठक सम्पन्न ,स्थायी समिति बैठक वैशाख २५ गते
काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ ।
बैठकले पार्टी एकवद्ध भएर जाने तथा स्थायी समितिको बैठक वैशाख २५ गते गर्ने निर्णय गरेको छ । त्यस्तै बैशाख २४ गते बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठकका एजेन्डा तय गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जनाकरी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै अर्का अध्यक्ष प्रचण्डले नि आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय समेत भएको छ ।
प्रकाशित मिति: २० वैशाख २०७७, शनिवार २०:५२ बजे