३० माघ २०८१, बुधवार

अनलाइन कक्षाको नाममा शुल्क नलिनु र विद्यार्थी भर्ना नलिनु : शिक्षा मन्त्रालय

काठमाण्डौ । शिक्षा मन्त्रालयले अनलाइन कक्षाको रुपमा शुल्क नअसुल्न निर्देशन दिएको छ ।

केहि विद्यालयले अनलाइन कक्षाको नाममा बैंक खातामा पैसा जम्मा गर्न भनेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिएको हो ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको प्रवक्ता दिपक शर्माले जानकारी दिए । मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।
शिक्षा मन्त्रालयले सबै कुराको सुक्ष्म मूल्यांकन गरेकोले मन्त्रालयको निर्णयपछि मात्रै भर्ना लिन अनुरोध गरेको छ ।

यस्तै माध्यामिक तहसम्मका विद्यालयले एक महिनाको शुल्क नलिन सरकारले पटक पटक दिएको निर्देशन पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: २२ वैशाख २०७७, सोमवार २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु