स्वस्थ शहर : धुलिखेल कोभिड १९ ब्यबस्थापन को लागि अग्रणि नगर
धुलिखेल । धुलिखेल नगरपालिकामा (स्वास्थ शहर धुलिखेल नगर) को अबधारणा अघि सारेर फरक तथा रचनात्मक सोच र दीर्घकालिन स्वास्थ्य रणनीतिका साथ धुलिखेल नगरको स्वास्थ्य शाखाले आफ्ना गतिबिधि अगाडि बढाई रहेको छ । काभ्रे जिल्लाको सदरमुकाम रहेको धुलिखेल नगरपालिकाको प्रमुख अशोक कुमार ब्यञ्जु श्रेष्ठले नगर प्रमुखको पदमा नेतृत्व गरिरहनु भएको धुलिखेल नगरले कोरोना भाइरस नियन्त्रणमा समेत आफुलाइ फरक तथा अब्बल ढंगले प्रस्तुत गर्दै आम नागरिकको स्वास्थ्य प्रति जिम्मेवारी बहन गरेको देखिन्छ ।
छिमेकी मुलुक चिनको वुहानमा कोरोनाको संक्रमण देखिना साथ स्वास्थ्य शाखाले यसको भयावह अवस्थाको पुर्वानुमान लगाई मास्क, ग्लोब्स तथा हेण्ड सेनिटाइजर जस्ता सुरक्षाका सामाग्री खरिद गरी माहामारीको तयारीमा लागेको प्रमाणले स्वास्थ्य शाखाको चनाखोपना मात्र देखीएन स्वास्थ्यकर्मीहरुलाइ धुलिखेल नगर पालिकामा काम गर्दाको फरक अनुभुती समेत दिलायो । यसै आ ब २०७६।०७७मा डेंगु, अनि रेविज तथा हेपाटाइटिसको माहामारी सहज ब्यबस्थापन गरी अनुभव संगालेको स्वास्थ्य शाखाले अध्ययन अनुसन्धानमा आधारीत तथ्यपरक योजनामा रहेर कोरोनाको ब्यबस्थापनलाई समेत अब्बल तरिकाले बिभिन्न सरकारी तथा गैह्र सरकारो संघ संस्थासंग सहकार्य गर्दै ब्यबस्थापनमा लागेको छ ।
धुलिखेल नगरले आफ्नो नगरपालिका क्षेत्रमा रहेको १ प्राथमिक स्वास्थ्य केन्द्र, ६ स्वास्थ्य चौकी, ३ नगर स्वास्थ्य तथा एउटा आयुर्वेद औषधालयबाट नियमित आधारभुत स्वास्थ्य सेवाका अतिरिक्त कोभिड १९ संग सम्वन्धित प्रत्यक्ष सेवा प्रवाह गरिरहेको छ । धुलिखेल नगरपालिकामा ४ जना चिकित्सक, १८ जना नर्स, २२ जना पारामेडिक्स, २ जना ल्याव कर्मचारी तथा ११जना स्वास्थ्यका सहयोगी कर्मचारी रहेका छन् । जनप्रतिनिधिहरुको गहन चासो र सहयोगका कारण तथा सहयोगी संस्थाहरु धुलिखेल अस्पताल, स्वास्थ्य कार्यालय काभ्रे जस्ता संस्थाहरुसंगको समन्वयले कामगर्न उर्जा थपेको स्वास्थ्य शाखाका अधिकृत कर्मचारी शरद चन्द्र थापाले बताएका छन् ।
धुलिखेल नगरले जिल्लाकै ठुलो आमा बच्चाको अलग कक्ष सहितको सञ्जीवनी मा बि मा ६५ बेडको क्वारेन्टाइन संचालन गरी २ वटा समुहमा पनौती तथा बनेपा नगरका समेत १५ जनालाइ सेवा प्रदान गरी सकेको छ । हाल सम्म धुलिखेल प्राथमिक स्वास्थ्य काद्रमा ६६ जनाको आर डि टी परिक्षण गरिएकोमा सबैको नतिजा कोरोना नभएको नेगेटीभ नतिजा आएको छ । नगरपालिकाको खरिद तथा बिभिन्न ब्यक्ति तथा संस्थाको सहयोगमा १७६ थान पि पि इ संकलन गरीएकोमा सवै स्वास्थ्य संस्था तथा सुरक्षाकर्मीहरु लगाएतलाइ बितरण गरी केही थान भण्डारमा आगामी समयको लागि समेत संचय गरिएको छ । त्यसैगरी हाल सम्म ८० थान गगल्स, चारहजार भन्दा बढि फेसमास्क, १२० थान एन ९५ मास्क तथा ९५० बोतल हेण्ड सेनीटाइजर, १ दर्जन इन्फ्रारेड थर्मोमिटर तथा १० हजार थान ग्लोब्स खरिद तथा संकलन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । ति सामाग्रीहरु आवश्यक्ताको आधारमा जिल्ला स्थित सरकारी कार्यालयहरु, धुलिखेल अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा तथा क्वारेन्टाइन क्षेत्रमा समेत प्रयोग गरिँदै आएको छ । माहामारीका समयमा सुरक्षा सामाग्री उपलब्ध गराउने पुर्व सुचना तथा संचार मन्त्री गोकुल बास्कोटा, कर्ड नेपाल, युनिसेफ नेपाल, रोटरो क्लव अफ धुलिखेल, स्वास्थ्य कार्यालय काभ्रे लगाएत सम्पुर्ण सहयोगी हातहरुलाई नगरपालिकाले धन्यवाद ज्ञापन तथा आभार प्रकट गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।
नगरपालिकाले बिभिन्न चरणमा जनप्रतिनिधिहरु संग छलफल तथा अन्तरक्रिया गरी स्वास्थ्यकर्मीहरुलाइ उच्चमनोवलका साथ काम गर्न यातायातको इन्धन उपलब्ध गराउने तथा थप प्रोत्साहनको ब्यबस्था गर्ने समेत जनाएको स्वास्थ्य शाखा प्रमुख सन्दीप के सी बताउनु हुन्छ । माहामारी नियन्त्रण पश्चात स्वस्थ शहर धुलिखेल नगरका कार्यक्रम अझ सवल बनाउन स्वास्थ्य सम्मेलन गरिने, मातृ शुरक्षा तथा नसर्ने रोगको प्रकोप नियन्त्रण लगाएत कार्यक्रम तथा धुलिखेल अस्पतालको समन्वयमा जनस्वास्थ्य सरोकारका कार्यक्रम रहेका छन् ।
नगरपालिकाले आगामी बर्ष समेत स्वास्थ्यलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राखी स्वास्थ्य संस्था स्तरीकरण गर्ने धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको सरुवा रोग अस्पतालको रुपमा विकाश गर्ने , स्वास्थ्य सुचना केन्द्रलाइ डिजिटल हेल्थ लर्निंग सेन्टरको रुपमा लैजाने, स्वास्थ्य चौकीहरुमा प्रयोगशाला सुबिधा लगाएत कम्प्युटराइज सेवा थप गरिने तथा स्वास्थ्यकर्मीहरुलाइ थप शिपमुलक तालिमका कार्यक्रम सञ्चालन गरिने लक्ष्य रहेको शाखा प्रमुख के सी ले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: २५ वैशाख २०७७, बिहीवार २०:५३ बजे