१२ माघ २०८१, शनिवार

उदयपुरको भुल्केमा थप एकजनामा कोरोना देखियो ,नेपालमा कोरोना संक्रमितको संख्या ११०

काठमाडौं । उदयपुरको भुल्केमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भुल्के निवासी ४३ वर्षकी महिलामा कोरोना देखिएको हो ।

उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । नेपालमा कोरोना संक्रमितको संख्या योसँगै ११० पुगेको छ ।

प्रकाशित मिति: २८ वैशाख २०७७, आइतवार ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु