कपिलवस्तु र रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं । नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भपुष्टि भएको हो । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका( ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।
प्रकाशित मिति: २९ वैशाख २०७७, सोमवार २०:१४ बजे