६ फागुन २०८१, मंगलवार

लिपुलेक विवाद : सरकारले भारतीय राजदूतलाई कुटनीतिक नाेट दियाे

काठमाण्डौ । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारेमा कुटनीतिक नोट दिनुभएको मन्त्रालयले जनाएको छ ।

नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोप्रति नेपाल सरकारले यसअघि नै विज्ञप्ति निकालेर आपत्ति जनाउँदै तत्काल वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरिसकेको छ । तर भारतले भने सडक निर्माण गरेको भूमि भारतकै रहेको दावी गर्दैै कोरोना संक्रमणपछि वार्ता गर्न तयार रहेको धारणा सार्वजनिक गरेको छ ।

सडक बनाएर भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालभित्र त्यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मिति: २९ वैशाख २०७७, सोमवार २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु