१८ असोज २०८१, शुक्रवार

रुपन्देहीको पहिलो कोरोना संक्रमित डिस्चार्ज,

रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा मंगलबार डिस्चार्ज भएका छन् ।

शुक्रबार र सोमबारको रिर्पोट नेगेटिभ आएपछि उनलाई मंगलबार साँझ डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।
उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

उनी गएको वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
ती युवा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्ष युवा हुन्। उनलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ३४ पुगेको छ ।

रुपन्देहीमा अहिलेसम्म १७ जनामा कोरोना संक्रमित छन् । अस्पतालमा रुपन्देही र कपिलवस्तुका २२ जनाको आइसोलेनसमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति: ३१ वैशाख २०७७, बुधवार ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु