सरकारले सर्वदलीय बैठक बोलायो
काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ ।
अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले ट्वीटरमा प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभएको जानकारी सार्वजनिक गर्नुभएको हो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख र पूर्व प्रधानमन्त्रीलाई आमन्त्रणा गरिएको जानकारी ट्वीटरमा दिनुभएको छ । यसअघि पनि भारतले जारी गरेको नक्साको विषयमा प्रधानमन्त्रीले यसै गरी सर्वदलीय बैठक बोलाउनुभएको थियो ।
प्रकाशित मिति: ३१ वैशाख २०७७, बुधवार १५:५५ बजे