२ माघ २०८१, बुधवार

कालापानीमा सीमा सुरक्षाका लागि सीमा सुरक्षा पोष्ट स्थापना

काठमाडौँ । दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएकाे छ ।
आज हेलिकोप्टरबाट बन्दाेबस्तीकाे सामानसहित गएको टोलीले सुरक्षाा पोष्ट स्थापना गरेको हो ।

गत कात्तिकमा भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको करिब ३८५ वर्गकिमि नेपाली भूमि समेटर राजनीतिक नक्सा प्रकाशित गरेपछि सरकारले त्यहाँ बीओपी स्थापाना गर्ने बताएको थियो । तर पोष्ट बुधबार स्थापना गरेको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाद्वारा बुधबार सो बोर्डर आउट पोष्टको उद्घाटन गरिएको हो । सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन गरेको निर्णयअनुसार सशस्त्रले २५ जनाको टोली बिओपीमा खटाएको छ ।

प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोलीले अब कालापानी क्षेत्रको सीमा सुरक्षाको काम गर्नेछ । सशस्त्रले आफ्नो काम सुरू भएसँगै अस्पतालसहितको भौतिक संरचना समेत बनाउने भएको छ ।

नेपाली भूमि अतिक्रमण गरी भारतद्वारा अनधिकृत रूपमा तिब्बतको मानसरोवर जाने सडक गत शुक्रबार रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ ।

प्रकाशित मिति: ३१ वैशाख २०७७, बुधवार २१:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु