तत्काल पीसीआर परीक्षणको दायरा बढाउन सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाण्डौ । सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न तत्काल पीसीआर परीक्षणको दायरा बढाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा तत्काल बढाउन अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो ।
नेपालमा पनि काेभिड–१९ काे सङ्क्रमण बढ्ने क्रम तीव्र भएकाे छ । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ४६ पुगेकाे छ । सङ्क्रमितमध्ये ३५ जना उपचारपछि निकाे भएकाेमा बाँकीकाे देशका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: १ जेठ २०७७, बिहीवार १६:५३ बजे