२० असोज २०८१, आइतवार

हप्तामा ३ दिनमात्र काभ्रेका बैंक तथा वित्तीय संस्था खुल्ने

काभ्रे । हप्ताको तीन दिन मात्रै काभ्रेमा बैंक तथा वित्तिय संस्था खुल्न पाउने भएका छन् । जिल्ला कमाण्ड पोष्ट काभ्रेले हस्ताको तीनदिन मात्रै बैंक, वित्तिय संस्था र सहकारी खुल्न दिने निर्णय गरेको हो । जिल्ला कमाण्ड पोष्ट काभ्रेले तीनदिन मात्रै बैंक, वित्तिय संस्था र सहकारी खुल्न दिने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) महामारी तिब्र रुपमा फैलिरहेको अवस्थामा संक्रमणको जोखिमलाई मध्यजर गर्दै बैंक तथा वित्तीय र सहकारी संस्थाहरुलाई हप्तामा ३ दिन आइतबार, मंगलबार र शुक्रवार मात्र सञ्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले निर्णय गरेको छ । जिल्ला स्तरीय जोखिम व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रावण कुमार तिमल्सिनाको अध्यक्षतामा बैठक बसी सो निर्णय गरिएको हो । धुलिखेमा बसेको बैठकमा धुलिखेल नपा प्रमुख अशोक कुमार व्यान्जु धुलिखेल अस्पतालमा प्रवक्ता डा. सुमनराज ताम्राकार लगायत पदाधिकारी हरुको संलग्नता रहेको थियो ।आज आइतबार, मंगलबार र शुक्रबार मात्रै बैंक तथा वित्तिय संस्था खुल्न पाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यसअघि बसेको बैठकले नियमित सेवा सुचारु राख्न दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २ जेठ २०७७, शुक्रवार १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु