थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २७६ पुग्यो
काठमाडौं । नेपालमा कोरानो भाइरस (कोभिड-१९) का ९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
भने आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका- ११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका- १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौली की २५ वर्षकी महिलामा कोरोना संक्रमण भएको हो ।
तथा थप संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।
प्रकाशित मिति: ३ जेठ २०७७, शनिवार १४:०९ बजे