२० वैशाख २०८३, शनिवार

काेशी अस्पतालबाट काेराेना निकाे भएका थप एक जना डिस्चार्ज

विराटनगर । कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक काेराेना सङ्क्रमित डिस्चार्ज हुनुभएकाे छ । झापा दमक -३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज हुनुभएकाे अस्पतालले जनाएकाे छ । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको जनाइएकाे छ ।

पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट काेराेना निकाे भइ डिस्चार्ज हुनेको सङ्ख्या १८ पुगेको छ । बाइस जना उपचाररत रहेकाे र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।गोरखापत्रबाट

प्रकाशित मिति: ५ जेठ २०७७, सोमवार २३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु