६ फागुन २०८१, मंगलवार

नेपालमा थप २७ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

प्रकाशित मिति: ६ जेठ २०७७, मंगलवार १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु