१२ माघ २०८१, शनिवार

नेपालमा थप २५ जनामा कोरोना संक्रमण, कुल ४२७ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे ।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो ।

अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण देखिएको छ ।
संक्रमितहरु तीनवर्षदेखि ४८ वर्षसम्मका रहेका छन् ।
आज सात महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: ७ जेठ २०७७, बुधवार १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु