२३ मंसिर २०८१, आइतवार

टेकु अस्पतालबाट ४ संक्रमित डिस्चार्ज, कोरोनामुक्त हुनेकाे संख्या ४९ पुग्यो

काठमाडौं । टेकु अस्पतालमा उपचार गराइरहेका चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमण देखिएर टेकु अस्पतालमा उपचाररत चारजना डिस्चार्ज भएको बताए । “डिस्चार्ज हुने दुई पुरुष र दुई महिला छन्,” उनले भने, “उनीहरु चारैजना कोरोना संक्रमण देखिएको नौँ दिनमा कोरोना जितेका हुन् ।”

अस्पतालका अनुसार पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा दुईजना भक्तपुरका र दुईजना काठमाडौंका हुन् ।

प्रकाशित मिति: ८ जेठ २०७७, बिहीवार १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु