२१ कोरोना संक्रमित निको भएर डिस्चार्ज

काठमाडौं । कोरोना संक्रमण देखिएर सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचाररत २१ जना निको भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज बाँकेमा कोरोना संक्रमण देखिएका २१ जना अस्पतालबाट डिस्चार्ज भएका बताए ।
उनले आज कोरोना निको हुनेमा महिला ९ जना, १२ पुरुष रहेका बताए । उनले भने, “हालसम्म कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ, जसमा ७० जना कोरोना निको भएर घर गएका छन् । नेपालमा ३ जनाको मृत्यु भएको छ ।”
प्रकाशित मिति: ९ जेठ २०७७, शुक्रवार १७:१४ बजे